१ में, २०२१- पत्रकारद्वय विश्वराज थापा र विजय थापाका पुजनीय पिता ९० बर्षिय हेडम वहादुर थापाको निधन भएको छ । १९८८ कार्तिक १६ (धनकुटा मुगामा ) जन्मनुभएका थापाको हृदयघातबाट विहान ३ बजे मृत्युभएको पारिवारिक स्रोतले वताएको छ ।
त्रिभुवन बिश्वबिद्यालयबाट अंग्रेजी भाषामा स्नातकोत्तर स्व. थापाले ग्लोबल भ्वाइस इन्टरनेसनल अंग्रेजी मासिक पत्रिकाको सम्पादक रही केही बर्ष काम गर्नु भएको थियो । स्व. थापाको धर्मपत्नी तीर्थ कुमारी थापा, पाँच छोराहरु :नारायण थापा,विश्व थापा,विजय थापा,बिनोद थापा र बिमल थापा र दुइ छोरी हरू:शारदा सिलवाल,सस्टिका बस्नेत (निधन भैसकेको ) रहेका छन् ।
डिसीमेट्रो क्षेत्रमा रहेर इनेपलिज डटकम सन्चालन गरिरहेका पत्रकारद्वय दाजुभाई विश्वराज थापा र विजय थापाको परिवारमा परेको बज्रपातप्रति रियलखबर र ग्लोबलटक परिबार यस घडीमा शोक सन्तप्त परिवार जनमा हार्दिक समवेदना व्यक्त गर्दै उहॉहरूलाई स्वर्गीय पीताको आत्मको चिरशान्तिको कामना व्यक्त गर्दछौं ।
© 2020 Realkhabar.com. All Rights Reserved || Developed by: Isoft