ढिलोगरि अध्यक्ष पदका उमेद्वारको नामावली सार्बजनिक

२०७८ वैशाख १८ गते २३:११ Realkhabar

एकदिन ढिला गरेर एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा उमेद्वारी दिएका अध्यक्ष पदका उमेद्वारहरूको नामावली सार्बजनिक भएको छ।

सार्बजनिक नामहरुमा डाक्टर अर्जुन बन्जाडे, कृष्णप्रसाद लामिछाने, बुद्धि सुवेदी र तिलक केसी रहेका छन्। उमेद्वारी दर्ता गराएका सुर्य लम्सालको नाम उमेद्वारी लिष्टबाट हटेको छ। निर्वाचन आयोगको अघिल्लो लिष्टमा लम्सालको उमेद्वारी थियो। सुर्य लम्सालका बिरुद्ध दाबी बिरोध परेको र कानुनी परामर्शपछि उहाँको नाम हटाईएको निर्वाचन आयुक्त विश्व बरालले जानकारी दिनु भएको छ। अध्यक्ष पदका उमेद्वारहरूबाहेकका उमेद्वारहरूको नामावली हिजै सार्वजनिक भैसकेको छ ।

सुर्य लम्साल अघिल्लो निर्वाचनका पनि उमेद्वार अध्यक्ष पदका उमेद्वार थिए । उक्त निर्वाचनमा उनी पराजय भएका थिए ।

यो पटक उनको उमेद्वारी बिरुद्ध अध्यक्षका अर्का उमेद्वार तिलक केसीले दाबिबिरोध दर्ता गरेको सूचना प्राप्त भएको छ। बिधान अनुसार लम्साल उमेद्वार हुन् नपाउने भन्दै केसीले बिरोध पत्र दर्ता गराएको बुझिएको छ। एनआरएनए अमेरिकाको केहीमहिना सम्पन्न साधारण सभाले संस्था बिरुद्द अदालत जाने ब्यक्तिलाई उमेद्वार बन्न नपाउने नियम पारित गरेको थियो ।

सुर्य लम्सालले अघिल्लो निर्वाचनमा अनियमितता र धाँधली भएको र आफुले हारेको भन्दै अदालतमा मुद्धा दायर गरेका थिए ।