सिटी काउन्सिल सदस्यमा नेपालीमूलका टिका पौडेल विजयी

२०७८ जेठ २४ गते १५:०३ Realkhabar

टेक्सास राज्यको युलेस सिटी काउन्सिल मेम्बरका लागि भएको चुनावमा टीका पौडेलले विजयी भएका छन् । शनिबार राति सम्पन्न निर्वाचनमा पौडेलले प्रतिद्वन्द्वी एरिक बन्सलाई हराउँदै दुई वर्षका लागि सिटीको मेम्बर भएका हुन् ।

सिटी काउन्सिलका पदाधिकारीहरुले स्थानीय विकास निर्माण, सुरक्षा, शिक्षालगायतका क्षेत्रमा नीति निमार्णका काम गर्छन् । काउन्सिल मेम्बरमा विजयी भएपछि टीकाले नेपाली समुदायका लागि निःशुल्क प्रिस्कुल, खानेपानी, सडक सुधार, पार्कलगायतका मुद्दा उठाउने वताए ।

गत मे १ मा भएको पहिलो चरणको निर्वाचनमा कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत पाउन नसकेपछि चुनाव रनअफ राउण्डमा  पुगेका थियो । रनअफको प्रावधानअनुसार बढी मत पाउने दुई जनाबीच पुन चुनाव भएको हो । करिब ८ हजार नेपालीको बसोवास रहेको टेक्सास राज्यको युलिस सिटीमा  नेपाली अमेरिकन मतदाता भने करिब ६ सय रहेको वताइन्छ ।

नेपाली समुदायको निकै चासो र सहभागिता रहेको उक्त निर्वाचनमा  पौडेललाई राष्ट्रपति जो बाइडेनको डेमोक्रेटिक पार्टी, एसिएन अमेरिकन र अफ्रिकन अमेरिकनको सहयोग थियो । https://fb.watch/5ZXK49T88U/