नेसनल अमेरिकन मिसको राष्ट्रियस्तरमा नेपाली मुलकी जेसिका लम्साल

२०७८ असार ८ गते ३:५७ Realkhabar

नेसनल अमेरिकन मिस (न्याम) को आइतबार सम्पन्न टेक्सासको प्रतिस्पर्धाबाट नेपाली मुलकी जेसिका लम्साल राष्ट्रिय स्तरका लागि छनौट भएकी छिन । नोभेम्बर २१ देखि २७ मा हलिउड क्यालिफोनियामा एक हप्तासम्म हुने राष्ट्रियस्तरको प्रतियोगितामा छनौट भएकी हुन ।

यो स्तरको प्रतियोगितामा छनौट हुने  जेसिका लम्साल पहिलो नेपाली मुलकी छोरी हुन ।

 

संसारकै ठुलो मानिएको ब्यूटि प्याजेन्ट गर्ने नेसनल अमेरिकन मिसले अमेरिकाको सबै ठुला शहरबाट छानेर स्टेट हुँदै र स्टेटबाट जित्ने बढीमा एउटा स्टेटबाट तीनजना र कम्तिमा एकजना छानेर राष्ट्रिय स्तरमा प्रतिस्पर्धाको लागि लैजाने गरिन्छ । उनले त्यो अबसरसंगै प्रतियोगितामा महत्पुर्ण मानिएका विभिन्न चार वटा अवार्ड पनि जितेकी छिन ।

टेक्सासको ह्युस्टनमा तीन दिनसम्म चलेको टेक्सास राज्य स्तरिय उक्त प्याजेन्टमा आइतबार भएको फाईनलमा जेसिकाले मोष्ट रेकमन्डेसन अवार्ड र स्पोर्ट लाईट अवार्ड जितेकी छिन भने हर्ट अफ द सर्भिस र स्पोक्स मोडलमा फ्रष्ट रनर अफ भएकी छिन । फाईनलमा सहभागी हुन पाउनु आफ्नो जीवनकै ठुलो उपलब्धि भएको लम्सालले बताएकी छिन ।

“अबको प्रतिस्पर्धामा सहभागी भएर हरेक स्टेजमा ‘म नेपाली मुलकी छोरी हुँ’ भनेर बताउने छु” जेसिकाले भनिन “यो मलाई एउटा ठुलो अबसर हो भने मभन्दा पछिका नेपाली बहिनीहरु प्रेरणाको प्रस्थान बिन्दु हो।”

“आगामी दिनमा यो प्रतियोगितामा आउन चाहनेहरुलाई मैले अमेरिकाको ५० वटा स्टेटबाट सिफारिस गर्न पाउँछु” लम्सालले बताईन ।

यो झट्ट हेर्दा सुन्दरी प्रतियागिता जस्तो मात्रै लाग्न सक्छ तर त्यसो होईन भन्दै जेसिकाले बताईन, “कुनै पनि व्यक्तिको व्यक्तित्व विकास गर्नका लागि चाहिने सबै कुराहरु जस्तै नेतत्व विकास, पव्लिक स्पिकिड, कसरी आफ्ना जीवनका उदेश्यहरुलाई मुर्त रुप दिने र संसारको पछिल्लो सुचना र प्रविधिको अवस्था तथा कसरी एउटा सफल व्यक्ति हुन के के चाहिन्छ र कसरी सभाईभ हुन सकिन्छ जस्ता विषयमा तीन दिन सम्म विभिन्न १२ वटा विधामा २४ जना जजहरुबाट जज गराईन्छ ।”

व्यक्तित्व विकासको सन्दर्भमा अमेरिका जस्तो देशमा यसरी अगाडी आउन पाउनु आफ्नो लागि निकै ठुलो अवसर भएको जेसिकाले बताईन । ४ बर्षअघि अमेरिका आएकी   जेसिका कक्षा नौबाट अमेरिकामा अध्ययन गर्न थालेकी हुन । यस अघि पनि उनले लगातर दुई पटक टेक्सासबाट स्टेट फाईनलिष्टमा पुगेकी थिईन ।