क्यानडाका निवासी नेपालीमूलका मित्र काफ्लेलाई ब्राम्टन नागरिक सम्मान पुरस्कार

२०७८ असार ८ गते ४:१८ Realkhabar

रियलखबर, क्यानडाका निवासी नेपालीमूलका मित्र काफ्ले ब्राम्टन नागरिक सम्मान पुरस्कार २०२०-२०२१ बाट सम्मानित भएका छन् । कोरोनाको महामारीमा मानवीय सेवामा काम गरे वापत उनलाई ब्राम्टन स्थानीय सरकारबाट उक्त सम्मान प्राप्त भएको हो ।

उक्त ब्राम्टन नागरिक सम्मान पुरस्कार प्राप्त गर्ने नेपाली मूलका एक मात्र सामाजिक अभियन्ता काफ्ले हुन् । उनिसंगै अन्य भारतीय मूलका सहित कूल ७ जनाले उक्त पुरस्कार पाएका थिए ।

क्यानडामा चिर परिचित सामाजिक अभियन्ता काफ्ले सम्मानित भएपछि उनले सामाजिक संजाल मार्फत ब्राम्टन नागरिक सम्मान् २०२० / २०२१ पाउदा भाग्यमानी सम्झेको छु भनि लेखेका छन् । साथै सम्मान्को लागि सम्माननीय प्यारो भाई नगर प्रमुख प्याट्रिक ब्राउन् लगायत् नगरका कर्मचारीहरुलाई उनले धन्यवाद समेत दिएका छन् ।

पुरस्कार पाएपछि आफूले अझ समुदायको लागि मेहनत गर्ने समेत काफ्लेले प्रतिबद्धता गरेका छन् । उनको ब्राम्टनका नगर प्रमुख संग राम्रो सम्बन्ध भएकोले भाई भनि सम्बोधन गरेका छन् । यो पुरस्कार सन् १९७४ देखि समुदायमा विभिन्न क्षेत्रमा योगदान दिएकालाई हरेकबर्ष सम्मान गरिन्छ ।

https://www.brampton.ca//EN/Arts-Culture-Tourism/Festivals-and-Events/Citizens-Awards/Pages/Citizens-Awards-Recipients.aspx?fbclid=IwAR0D0pP9T0IG_vlsS9O4jyo8GL0zvelPCQwPVnIfIDcI9Wg93Ni2WbNBIG4