जनसम्पर्क समिती अमेरिकाद्वारा नेपालमा कोभिड-१९ उपचारार्थ ४१ हजार ३४ अमेरिकि डलर सहयोग

२०७८ असार ११ गते ३:५२ Realkhabar

अमेरिका २४ जुन,

नेपाली जनसम्पर्क समिति समिती अमेरिकाद्धारा नेपालमा कोभिड-१९  उपचार सहयोग एवं स्वास्थ्य सामाग्री वितरणका लागि ४१ हजार ३४ अमेरिकि डलर ९नेपाली रुपैया ४८ लाख बराबर रकम सहयोग गरेको छ । समितिले सो रकम नेपाली कांग्रेस पार्टीले संचालन गरेको राष्ट्रिय वाणिज्य बैंक टेकू शाखामा रहेको खातामा जम्मा गरेको समितिका सभापति आनन्द विष्टले  जानकारी दिएका छन्  ।
सरकारको चरम लापरवाही, कुशासन र संवेदनहीनताका कारण आम नागरिक बीच कोभिड (१९ को संक्रमण नेपालमा तीव्र रुपमा फैलिरहेकोले मातृपार्टी नेपाली काङ्ग्रेसले सम्पूर्ण जनसंपर्क समितीहरुलाई सहयोगको लागी अपील गरेको थियो ।


कांग्रेस केन्द्रीय कार्यालयबाट जेठ २ गते सभापति शेरबहादुर देउवाद्वारा सम्पूर्ण जनसम्पर्क समितीहरुलाई कोरोना रोकथाम र उपचारमा सहयोगको अपिल गरेपछि अमेरिकामा जनसंपर्क समिती अमेरिका सभापति आनन्द बिष्टको संयोजकत्वमा सहयोग रकम संकलन शुरु गरिएको थियो । उक्त कार्यमा यहाँस्थित विभिन्न व्यक्तिहरुले सहयोग गरेका छन् ।
सभापति बिष्टले पार्टीको परिपत्र अनुसार सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनकारी दाताहरुप्रति सिंगो पार्टी र नेपाली जनसम्पर्क समिति अमेरिकाको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरेका छन ।
सहयोग रकम र कोभिड (१९ को प्रयोजनको लागि गरिएको खर्चको विवरणको अभिलेख पार्टी केन्द्रमा राखिने काङ्ग्रेसले जनाएको छ । बाढिपहिरो, भूकम्प लगायतका प्राकृतिक संकटमा नेपालमा सहयोग गर्दै आईरहेको समितिले यसपटक कोरोना माहामारीमा पनि सहयोग गरेर प्रशंसनिय काम गरेको छ ।