अमेरिकामा नेपालीद्धारा नेपालीको हत्या

२०७८ साउन ४ गते १:२७ Realkhabar

असार ३० न्युजर्सी,  स्थित एक ग्याँस स्टेसनमा काम गर्ने २३ बर्षिय मिलन घिमिरेले सोही स्टोरमा काम गर्ने  ५६  बर्षिय फू छेवाडलाई गोली हानी हत्या गरेका छन् । घिमिरेले छेवाडलाइ गोली हानेर आफैले प्रहरीलाई खबर गरेका थिए ।
घिमिरेले आफ्नै सहकर्मी छेवाडलाई गोली न्यूजजर्सीको मावा भन्ने शहरमा हानेका हुन् । प्रहरीका अनुसार घिमिरेले कैयौ पटक हानेको प्रहरीले जनाएका छन् । प्रहरीहरुलाई राती ९स्४४ मिनेटमा खबर गरे पछि प्रहरीहरु त्यहाँ पुगेका थिए ।
न्यूजर्सीको मावा नगरपालिकामा उक्त घटना गत सोमबार राती घटेको बर्गन काउन्टीका वादी मार्क मुसेलाले जनाएका छन् । प्रहरीले घटनास्थलमै छेवाङ्गको शव फेला पारेका थिए । तगोली हान्ने घिमिरेलाई न्यूयोर्कको ब्रनक्समा न्यूयोर्क प्रहरी बिभागको आकस्मिक सेवा ईकाईले पक्राउ गरेको थियो ।
घिमिरेलाई हत्या गरेको आरोपमा प्रथम श्रेणीको हत्या,गैर कानुनी रुपमा बन्दुक प्रयोग गरेको आरोपमा दोश्रो श्रेणी ,अनुमति बिना बन्दुक राखेकोमा दोश्रो दर्जाको आरोप लगाईएको उजुरीमा लेखिएको छ ।
घिमिरेले ९११ प्रहरीमा खबर गरि मैले कसैलाई गोली हाने मलाई थाहा छैन उ मर्यो कि भनि खबर गरेका थिए भनी स्थानिय पत्रिका नर्थजर्सी डटकमले समाचारमा उल्लेख गरेको छ ।
उक्त पत्रिकाका अनुसार छेवाङ्गको घर नजिक उनको लाश पाईएको थियो । मावा प्रहरी बिभाग र बर्गन काउन्टीका वादीका कार्यालयले गोली काण्डको अनुसन्धान गरिरहेको जनाएको छ ।