अमेरिका,
पूर्वयुवराज पारसका छोरा हृदयेन्द्र शाह उच्च शिक्षा अध्ययन गर्न अमेरिका आउने भएका छन । हृदयेन्द्र शाह नेपालको काठमाडौँको रविभवनमा रहेको लिंकन विद्यालयबाट कक्षा १२ सम्मको शिक्षा सकेर उच्च शिक्षाका लागि अमेरिका आउन लागेका हुन् ।
अमेरिका आउनका लागि सबै प्रक्रिया पूरा भइसकेको र केही दिनपछि नै उनि अमेरिकाका लागी हिड्ने निर्मल निवास उच्च स्रोतले जनाएको छ । तथापि, अमेरिकाको कुन विश्वविद्यालयमा उनले अध्ययन गर्न लागेका हुन् भन्ने चाहिँ खुलाइएको छैन ।
हृदयेन्द्र शाहलाई नेपालको भावी राजाको रुपमा केहि मानिसहरुले सम्भावना देख्ने गरेका छन्। यसरी सम्भावना देख्नेहरुमा राजाबादीहरु र केहि स्वतन्त्र मानिसहरु पनि छन्।
पुर्व राजा ज्ञानेन्द्र शाह र पुर्व युवराज पारस शाहको नेपालमा राजाको सम्भावना नदेख्नेहरु पनि हृदयेन्द्र शाहको बारेमा केहि उदार हुने गरेका छन्। केहि समय अघिसम्म हिमानी शाहलाई राजाको उत्तराधिकारी बताउनेहरु अब सिधै हृदयेन्द्र शाह नेपालको राजा हुने बताउन थालेका छन्।
अमेरिका अध्ययन गर्न आउने हृदयेन्द्र शाहले राजनीति शास्त्र र अन्तराष्ट्रिय सम्बन्ध केन्द्रित बिषय नै पढ्न लागेको बुझिएको छ।
© 2020 Realkhabar.com. All Rights Reserved || Developed by: Isoft