गत निर्वाचनका उपविजेताहरु द्धय कृष्ण लामिछाने र तिलक केसीले २५ प्रतिशत महाधिवेसन प्रतिनिधिहरु छनौट गर्न आग्रह गरेका छन् । उनीहरुले गरेको अनुरोध जस्ताको तस्तै प्रकाशन गरिएको छ ।
श्रीमान् अध्यक्ष ज्यू
गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषद ।
आगामी अक्टुबरमा हुने अन्तराष्ट्रीय समन्वय परिषद्का पदाधिकारीको निर्वाचनमा अमेरिका बाट भाग लिने २५% अन्तराष्ट्रीय महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन प्रक्रिया अझै पनि शुरु नभएको जानकारी गराउन चाहन्छु । सघको विधानको दफा २४.१ अनुसार प्रतिनिधिहरुको विवरण १५ अगस्त २०२१ सम्म सचिवालयमा प्राप्त भइ सकेको हुनु पर्ने छ तर एक हप्ता भन्दा कम समय हुदा सम्म पनि कुनै निर्वाचन कार्यतालिका प्रकाशन नहुनु गम्भिर षणयन्त्रको तयारी भइ रहेको अनुमान गर्न बाध्य हुनु परेको छ । अमेरिका बाट भाग लिने जम्मा सख्या १८९ रहेको र त्यसको ६५% सख्या पर्याप्त हुने गरी निवेदन पर्न नगएकोले ६५% मध्ये बाट बाकी रहन गएका प्रतिनिधिहरुको निर्वाचन पनि २५% प्रतिनिधि सगै गराउनु पर्ने सघको विधानको दफा १३.७ (क) मा उल्लेख भएकोले अब अमेरिका बाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुको निर्वाचन गराउदा सघको विधान बमोजिम २५% र ६५% मा नपुग रहेको सख्याको पनि सगै निर्वाचन गराउन राष्ट्रिय समन्वय परिषद अमेरिकालाई हार्दिक अनुरोध गर्दछु । सघको विधान अनुसार अन्तराष्ट्रीय महाधिवेशनमा भाग लिएको प्रतिनिधि आइ सी सी को सदस्यको उम्मेदवारलाई योग्यता पुग्ने भएकोले सघको विधान बमोजिम प्रतिनिधिहरुको छनौट गरेर सम्पूर्ण गैर आवासीय नेपाली सघ अमेरिकाको सदस्यज्यूहरुको अधिकारको सम्मान र रक्षा गर्नको लागि राष्ट्रिय समन्वय परिषद अमेरिकालाई हार्दिक अनुरोध गर्दछु । विधानलाई कुल्चेर गैर जिम्मेवार तरिकाले विधान बिपरित गरिने कुनै पनि कार्यहरु सस्थाको हितमा नहुने भएकोले अपारदर्शी एवं अप्रजातान्त्रिक र गैरसंबैधानिक कदमहरु तुरन्त रोक्न राष्ट्रीय समन्वय परिषद सग अपील गर्दै अन्यथा यस बाट निस्कने सवै परिणामहरु ऐतिहासिक गल्ति हुन सक्ने चेतावनि पनि दिन चाहन्छु । साथै कुनै पनि भागबन्डा र मिलोमतोमा हुने प्रतिनिधिहरुको बाडफाड स्विकार्य नहुने सहर्ष जानकारी गराउदै सम्पूर्ण सदस्य ज्यूहरुलाई आफ्नो अधिकारको लागि जुट्न हार्दिक अपिल गर्दछु । अन्त्यमा विधान विपरीत चयन भएका प्रतिनिधिहरुले निर्वाचन गर्ने अन्तराष्ट्रीय समन्वय परिषदका पदाधिकारीहरुको वैधानिकतामा समेत प्रश्न हुन सक्ने भएकोले अमेरिकाको प्रतिनिधि छनौट प्रक्रियालाई गम्भिररूपले लिएर समस्याको निराकरण गर्नु हुन गैर आवासीय नेपाली सघ अन्तराष्ट्रीय समन्वय परिषदका अध्यक्षज्यू लाई हार्दिक अनुरोध गर्दछु ।
तिलक केसी
विस्कान्सिन, अमेरिका अगस्ट ९, २०२१
यसैगरि गत निर्वाचनका अर्का उपविजेता कृष्ण लामिछानेको अनुरोध यसप्रकार छ ।
© 2020 Realkhabar.com. All Rights Reserved || Developed by: Isoft