अमेरिकामा तीजको गीत “आउ साथी नाचौं गाँउ” सार्वजानिक

२०७८ भदौ ३ गते १:३५ Realkhabar

१८ अगष्ट, रियलखबर अमेरिकामा रहेका नेपाली कलाकारद्धय सुवास थापा र बिनिता खड्काले आउ साथी नाचौ गाँउ नामक गीत सार्वजानिक गरेका छन् । उक्त गीतको भिडियो हिजो मंगलबार यूट्युवमार्फत सार्वजानिक गरिएको छ ।
भामा देवकोटाको शब्द, करण राज कार्कीको संगीत निर्देशन, बिजेश्वर तण्डुकारको संगीत संयोजन र सीमा शाहको स्वरमा रहेको उक्त गीतलाई कलाकार सुवासले निर्देशन गरेका छन् ।
बिनिता खड्काद्वारा कोरियोग्राफी गरिएको उक्त गीतको भिडियोमा बिनिता खड्का थापा, भामा शर्मा, नम्रता शर्मा, मिनिता श्रेष्ठका साथमा बाल कलाकारहरु आर्या भट्टराई, प्रसिस शर्मा, प्रत्यूस शर्मा आदिले अभिनय गरेका छन् । रामेश्वर कार्कीद्वारा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोलाई अराज केशव गिरीले सम्पादन गरेका छन् ।