हरिकेन आइदाबाट न्युयोर्कमा एकै परिवारका ३ नेपालीको मृत्यु

२०७८ भदौ १८ गते ३:४३ Realkhabar

न्युयोर्क र न्युजर्सीमा मात्र मृत्यु हुनेको संख्या १५ पुगेको छ

रियलखबर १ सेप्टेम्बर

न्युयोर्कमा बुधाबार अचानक परेको हरिकेन आइदा नामक को कारण एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ । न्युयोर्कमा भएको यो अकल्पनिय घटनामा परि मृत्यु हुनेमा सोलुखुम्बु जुनबेसीका ४९ बर्षिय आङ गेलु लामा २० बर्षिय श्रीमति मिङमा याङजी शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा रहेका छन । उनीहरु न्युयोर्कको क्विन्सस्थित उडसाइडमा बस्दै आएका थिए ।
लामा परिवारको मृत्यु लगतै सुरक्षा निकायले विहानै उनीहरुको सव व्यवस्थापन गरि छानवीन प्रक्रिया अगाडी बडाइरहेको पारिवारिक श्रोतले जनाएको छ । मृतक लामा विगत १४ बर्षदेखि न्युयोर्कमा बसोबास गदै आइरहेका थिए ।
‘ न्युयोर्कमा कल्पानै नगरेको त्यो घटनामा हाम्रो परिवारको सदस्य गुमाउनु पर्दा निकै दुख लागीरहेको छ ’ आङ गेलु लामाको दाई लातेन लामाले बताए ।
न्युयोर्कमा भएको बर्षातको कारण एक दर्जन भन्दा बढिको मृत्यु भएको छ भने कैयाको धेरै धनजनको क्षति भएको छ ।
न्युयोर्क र न्युजर्सीमा मात्र मृत्यु हुनेको संख्या १५ पुगेको छ भने पेन्सिलभेनिया र मेरिल्याण्डमा थप ४ जनाको मृत्यु भएको जनाईएको छ । हरिकेन आइदाले अमेरिकाको उत्तरपूर्वी भागमा परेको प्रभावका कारण कारण न्युयोर्कसहित ११ लाख ग्राहकको घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ । त्यसैगरि न्युयोर्कमा ४२ हजार, न्युजर्सीमा ६० हजार, कनेक्टिकटमा १८ हजार, लुजियानामा झण्डै ९ लाख, मिसिसिपीमा ३७ हजार, वेष्ट भर्जिनियामा २३ सय, मेरिल्याण्डमा ५६ सय, डेलावरमा झण्डै ५ सय, भर्जिनियामा १३ सय, पेन्सिलभेनियामा झण्डै १ लाख, मासाचुसेट्समा ८ हजार, रोढ आइल्याण्डमा ११ सय भन्दा धेरै ग्राहकका घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ । न्यूयोर्क र न्यूजर्सीमा आपतकालिन ‘इमरजेन्सी’ लागू गरिएको छ ।