अन्तराष्ट्रीय नेपाली यूबा उधमी महासंघ अमेरिका गठन

२०७८ भदौ २४ गते ३:०१ Realkhabar

अध्यक्षमा चलचित्र निर्देशक एवं युवा उद्यमी पौडेल

बिश्वमा छरिएर रहेका यूबा उधमीहरूलाई एउटै छातामुनि ल्याउंने उद्देश्यले गठन भएको अन्तर्राष्ट्रीय नेपाली यूबा उधमी महासंघ बिस्तार हुने क्रममा छ । यसै क्रममा नेपाली यूबा उधमी महासंघ अमेरिका पनि गठन भएको छ । केन्द्रीय उपाध्यक्ष प्रकाश थापाको संयोजकत्व एबं चलचित्र निर्देशक एवं युवा उद्यमी रमेश( एम के) पौडेलको अध्यक्षतामा अन्तर्राष्ट्रीय नेपाली युबा उधमी महासंघ अमेरिका गठन भएको हो ।

महासंघ अमेरिकाको उपाध्यक्ष नारा खकुरेल,सचिब रोशन बुढाथोकी ,सह सचिब हरि ओझा, कोषाध्यक्ष ओजेश उप्रेती रहेका छन भने सदस्यहरूमा छिरिगं ‘डोका’ अब्राहम ,राधा थापा, प्रितेश कार्की ,नबराज आलेमगर,अमृत महतो , प्रसन्न संग्रौला र बिक्की पुलामी छन ।

महासंघ यूबा उधमीहरूको ब्याबसायिक सोच,बिचार र बिशेषज्ञताको केन्द्र भएको नव निर्वाचित अध्यक्ष  पौडेलले  बताए । महासंघले श्रृजनात्मक सोचको बिकाश गर्ने र यूबा उधमीहरू मार्फत स्वदेश र परदेशलाई जोड्ने उनको विश्वास छ । महासंघ अमेरिकामा ह्यारी भण्डारी,गौरी जोशी ,एसी शेर्पा राजन थपलिया,डिलाराज भट्ट र नारायण पुरी सल्लाहकारमा रहनु भएको छ ।