एमसिसि राष्ट्रिय समहमतिमा पारित गरिनुपर्छ – मन्त्रि खड्का

२०७८ असोज १२ गते १४:२६ Realkhabar

२७ सेप्टेम्बर, रियलखबर- परराष्टमन्त्रि नारायण खड्काले एमसिसि दलिय सहमतिको आधारमा पारित गरिनुपर्ने बताउनु भएको छ । शनिबार न्यूयोर्कमा नेपाली समुदायसंगको अन्र्तकृया कार्यक्रममा बोल्दै मन्त्रि खड्काले भन्नुभयो, “सबै दल बसेर छलफल गरौँ, हामीलाइ चाहिने हो भने पारित गरौँ नभए नगरौँ ।’ एमसिसिको बारे कतिपय भ्रम समेत रहेको बताउदै वहाँले त्यसलाइ सरकारले प्रस्ट पार्न कोसिस गर्ने बताउनु भयो । हामीलाइ यो चाहिन्छ भन्ने निष्कर्षमा पुगिन्छ भने पारित गरौैँ नभए नगरौँ, यसलाइ धेरै गिजोल्न तिर लाग्न नहुने बताउदै वहाँले यो एक दलले मात्र गरेर नहुने बताउनु भयो । “सरकार वा कुनै एक दलले मात्र चाहेर एमसिसि पारित हुने अवस्था छैन, यसमा राष्टिय सहमति अवश्यक छ” वहाँले भन्नु भयो ।

 

राजनीतिका दल पिच्छेको बिदेशनीतिले मूलुकको बैदेशीक सम्बन्ध संचालन हुन नहुने बताउनु भयो । देशको बिदेशनीतिलाइ राजनीतिक दलको नीतिले प्रतिस्थापन गर्ने खोज्दा समस्या आउछ । “म सबै राजनीतिक दलको समहमतिको आधारमा अगाडि बड्ने छु” वहाँले भन्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा जनसंपर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट,। न्युयोर्क च्याप्टर प्रेसिडेन्ट आंगछिरिंग शेर्पा, समाजिक अभियन्ता डा. बिष्णुमाया परियार, प्रवासी मंचका टेक गुरुगं, एनआरएनए अमेरिकाका पुर्वअध्यक्ष केशव पौडेल, पत्रकार किरण मरहठा लगायतले नेपाली अमेरिकन समुदायको चासो र चिन्ताका बारे जानकारि गराएका थिए भने एनआरएनएका महासचिव अन्जनकुमार चौलागाइले एनआरएनको समस्या बारे ज्ञापनपत्र बुझाएका थिए ।

पत्रकार किरण मरहट्टाको सहयोगमा ।