स्थगित एनआरएन निर्वाचन डिसेम्बरमा हुने

२०७८ मंसिर ६ गते १:४९ Realkhabar

रियलअबर- गैर आवासीय नेपाली संघले स्थगित निर्वाचन डिसेम्बरमा गर्ने भएको छ । एक विज्ञप्ति सार्वजानिक गर्दै अक्टोबरमा स्थगित निर्वाचनलाई डिसेम्बर १९ र २० मा गर्ने जनाएको छ । निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचनबारे विवाद भएपछि अक्टोवरमा गर्ने नियमित निर्वाचन स्थगित गरिएको थियो ।

एनआरएन विदेशमा रहेका नेपालीहरुको प्रतिनिधिमूलक संस्थाको रुपमा नेपाल सरकारद्धारा सम्वन्धन प्राप्त एकमात्र संस्था हो । नेपाली भएका विश्वका ८० भन्दावढी देशमा फैलिएको एनआरएनएका करिव एक लाख ५ हजार सदश्य रहेका छन । एनआरएनए अध्यक्ष कुमार पन्त द्धारा जारी विज्ञप्तिमा परराष्ट्रमन्त्रीसंगको छलफलपछि स्थगित निर्वाचन गर्ने निर्णय गरिएको उल्लेख छ ।