कमला ह्यारिस ८५ मिनेट राष्ट्रपति

२०७८ मंसिर ६ गते २:०१ Realkhabar
रियलखबर- अमेरिकाका उपराष्टपति कमला ह्यारिसले ८५ मिनेट राष्ट्रपतिको सत्ता र कार्यभार सम्हालेकी छन् । राष्टपति जो बाइडेन शुक्रवार स्वास्थ्य परिक्षणमा जानुपर्ने भएका कारण कमलालाई सो समयका लागि राष्टपतिको जिम्मेवारी दिईएको वताईएको छ । वाइडेनले आफू उपचारमा जानु अघि सभामुख नान्सी पेलोसीलाइ पत्रमार्फत यो कुराको जानकारी दिएका थिए ।
अमेरिकी राष्ट्रपति जो वाइडेन शुक्रवार भएको शारीरिक स्वास्थ्य परिक्षण सफलतापूर्वक सम्पन्न भई पुन राष्टपतिको कार्यभार सम्हालेको वताईएको छ ।
राष्ट्रपति भएपछि पहिलोपल्ट वाइडेनको वाल्टर रिड स्वास्थ्य केन्द्रमा शारीरिक स्वास्थ्य परीक्षण गरिएको थियो ।
उनी अमेरिकी राष्ट्रपतिमध्ये सर्वाधिक उमेरका राष्ट्रपति हुन् । आजै उनी ७९ वर्ष पुगेका छन् । उनको स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सक डा। केभिन ओकोनरले वाइडेन राष्ट्रपति भएर उत्तरदायीपूर्ण कार्य गर्न तन्दुरूस्त भएको बताएका छन् ।
वाल्टर रिड अस्पतालमा रहँदा उनको कोलोनोस्कोपी गरिएको थियो । कोलोनोस्कपी गर्दा वेहोस गराउन एनेस्थेसिया दिनुपर्ने भएकोले उनी होसमा नआइन्जेलसम्मका लागि उपराष्ट्रपति कमलादेवी ह्यारिसलाइ कार्यभार सुम्पिइएको थियो ।